Nepali

boy getting help from teacher in class
नेपाली

WNY को अभिभावक नेटवर्

तपाईं आफ्नो बच्चाको विकास कसरी भईरहेको छ र कसरी सिकिरहेको छ भन्ने बारेमा चिन्तित हुनुहुन्छ? यदि तपाईं आफ्नो बच्चाको हिँडाई, बोलाई, व्यवहार, बुझाई तथा सिकाईको बारेमा चिन्तित हुनुहुन्छ, तथा तपाईंको बच्चामा अपाङ्गता छ भनि पत्ता लागेको छ वा आशंका गरिएको छ भने, हामी मद्दत गर्न सक्छौ!

आमुन्ने-सामुन्ने सहायता विशेषज्ञ

अंग्रेजी
(716) 332-4175
support@parentnetworkwny.org
सोमबार – शुक्रबार
9am – 4pm

WNY को आमाबुवा नेटवर्
1000 Main Street
Buffalo, NY 14202

निम्न कुराहरूमा शीघ्र एकका-लागि-एक (one-to-one) मद्दतको लागि कल गर्नुहोस्:

  • वैयक्तिक शिक्षा कार्यक्रम (IEP) प्रक्रिया
  • प्रारम्भिक बाल्यावस्था सेवा तथा कार्यक्रमहरू
  • विशेष शिक्षा प्रश्नहरू
  • परिवर्तन योजना निर्माण
  • यातायात मामिलाहरू
  • विकासात्मक अपाङ्गताहरू, मानसिक स्वास्थ्य लगायत प्रणालीहरूको परिचालन र अन्य कुराहरू
  • शिविरहरू, स्कूल-पश्चात र अन्य सामुदायिक संगठनहरू (विशेष आवश्यकताहरूको लागि सेवाहरू सहित)
  • अपाङ्गता विशेष
अङ्ग्रेजी नबोल्नेहरूका लागि नि:शुल्क दोभाषे सेवाहरू उपलब्छ छन्।

अंग्रेजी बाहेकको भाषामा कुराकानी गर्न सहज महशुस गर्ने फोनकर्ताहरूका लागि, WNY को आमाबुवा नेटवर्कले तपाईंले चाहेको भाषामा सहायता प्रदान गर्न लेङ्ग्वेज लाइन सोल्यूशन्ससँग साझेदारी गरेको छ। यस सेवाले {1]140 भन्दा बढी भाषाका लागि दोभाषेहरू उपलब्ध गराउँछ।

अङ्ग्रेजी नबोल्नेहरूका लागि कल गर्ने समय तय गर्नुहोस्

पहिले नै कल गर्ने समय तय गर्न, support@parentnetworkwny.orgमा, सोमबार – शुक्रबार, 9am – 4pm को बीचमा आफूले चाहेको समय उल्लेख गर्दै र आफूले “चाहेको भाषा” पहिचान गरेर इमेल गर्नुहोस्। सहायता विशेषज्ञले दोभाषे मार्फत तपाईंलाई कल गर्नु हुनेछ। चाहिएको भाषा विकल्पहरूको सूचीको लागि यहाँ क्लिक गर्नुहोस्।

अङ्ग्रेजी नबोल्नेहरूका लागि निर्देशनहरूमा कल गर्नुहोस्
  • कल गर्नुहोस् (716) 332-4175
  • कलको जवाफ अंग्रेजीमा दिइनेछ।
  • कृपया तपाईंलाई चाहिने “सहयोग” भन्नुहोस् र तपाईंले “चाहेको भाषा” पहिचान गर्नुहोस्।
  • तपाईंसँग रहेका कुनैपनि प्रश्नहरूमा सहयोग प्रदान गर्न हामीले दोभाषेसँग सम्पर्क गर्दा तपाईंलाई होल्डमा राखिनेछ। यस प्रक्रियाले केही समय लिनेछ, त्यसैले कृपया लाइनमै रहनुहोस्।
  • दोभाषे वार्तालापमा संलग्न भएपछि, WNY को आमाबुवा नेटवर्कका सहायता विशेषज्ञले तपाईंलाई आवश्यक पर्नसक्ने कुनैपनि विशेष निर्देशनहरू वा सहायता प्रदान गर्दै वार्तालापको नेतृत्व लिनुहुनेछ। दोभाषेहरूलाई निर्देशनहरू वा सुझाव दिन नभई जे भनिएको छ त्यो कुरा दोहोर्‍याउनको लागि मात्र तालिम दिइएको हुन्छ।
  • यदि हाम्रो WNY को आमाबुवा नेटवर्कको सहायता विशेषज्ञ अनुपलब्ध हुनुभयो भने, कृपया तपाईंलाई चाहिने “सहायता” को बारेमा हामीलाई सन्देश वा इमेल छोड्नुहोस् र तपाईंले “चाहेको  भाषा” पहिचान गर्नुहोस्। तपाईंको कल फर्काउन हामीलाई तपाईंको फोन नम्बर र उपयुक्त समय छोड्नुहोस्। सहायता विशेषज्ञले दोभाषेको साथमा तपाईंसँग हुनसक्ने कुनैपनि प्रश्नको लागि सहयोग गर्न तपाईंलाई कल गर्नुहुनेछ। चाहिएको भाषा विकल्पहरूको सूचीको लागि यहाँ क्लिक गर्नुहोस्।
Boy with headphones around his neck checking his phone

हामी को हौं

WNY को आमाबुवा नेटवर्क एउटा लाभ-निरपेक्ष निकाय हो जसले विशेष आवश्यकताहरू भएका व्यक्तिहरूका परिवारहरूको लागि (जन्म देखि वयस्कतासम्म) र पेशेवरहरूका लागि शिक्षा र स्रोतसाधनहरू प्रदान गर्दछ।

WNY को आमाबुवा नेटवर्कले अपाङ्गता भएका व्यक्तिहरूका परिवारहरूलाई ती व्यक्तिहरूको अपाङ्गताको बारेमा बुझ्नमा र सहायता सेवा प्रणालीको मार्गनिर्देशन गर्नमा मद्दत गर्नको निमित्त स्रोतसाधनहरू, कार्यशालाहरू र सहायता समूहहरूको माध्यमबाट आमुन्ने-सामुन्ने सहायता र शिक्षा प्रदान गर्छ। WNY को आमाबुवा नेटवर्कका अधिकांश कर्मचारी र समिति सदस्यहरू अपाङ्गता भएका बालबालिकाहरूका अभिभावकहरू हुन्, जसले हामीले भट्ने परिवारहरूलाई अद्वितीय दृष्टिकोण र व्यक्तिगत अनुभवहरू प्रदान गर्दछन्।

WNY को आमाबुवा नेटवर्कका अधिकांश कर्मचारी र समिति सदस्यहरू अपाङ्गता भएका बालबालिकाहरूका अभिभावकहरू हुन्, जसले हामीले भेट्ने परिवारहरूलाई अद्वितीय दृष्टिकोण र व्यक्तिगत अनुभव र सहानुभूति प्रदान गर्दछन्। 2001 मा पुनर्गठन भएको, WNY को आमाबुवा नेटवर्कले प्रत्येक वर्ष लगभग 10,000 मानिसहरूलाई सेवा प्रदान गर्दछ।

हामीले सेवा प्रदान गर्ने व्यक्तिहरू

पेशेवरहरू, आमाबुवाहरू र स्याहारकर्ताहरूले विशेष आवश्यकताहरू भएका बालबालिकाहरूलाई उनीहरूको जीवनमा सफलता हासिल गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरालाई ध्यानमा राख्दै, WNY को आमाबुवा नेटवर्कका कर्मचारीहरूले आमाबुवाहरू र परिवारका सदस्यहरूलाई पेशेवरहरूसँग प्रभावकारी ढंगले सञ्चार गर्न र उनीहरूका बच्चाहरूको लागि सफलतापूर्वक वकालत गर्न समर्थ बनाउन विशेषज्ञता प्राप्त गरेका हुन्छन्। आमाबुवा नेटवर्कले निरन्तर शिक्षा अवसरहरू, स्रोतसाधनहरू र सिफारिश सेवाहरू प्रदान गर्दै पेशेवरहरूसँग पनि काम गर्छ।

Nepali Learning Events
कार्यशालाहरू र कार्यक्रमहरू

WNY को आमाबुवा नेटवर्कले आमाबुवाहरू र पेशेवरहरूलाई उनीहरूका बच्चाहरूको अपाङ्गताको बारेमा अझ राम्ररी बुझ्नमा र विशेष शिक्षा शीर्षकहरू र चिन्ताहरूको बारेमा उनीहरूको ज्ञानलाई वृद्धि गर्नमा मद्दत गर्न कार्याशालाहरू उपलब्ध गराउँछ।

अपाङ्गता भएका व्यक्तिहरूका परिवारहरू, पेशेवरहरू र सेवा प्रदायकहरूको लागि (अन्य तरिकाले उल्लेख नगरिँदासम्म) कार्यशालाहरू र सेमिनारहरू नि:शुल्क हुन्। एक हप्ता पूर्व सूचना दिएर यथा-स्थान (On-site) बालस्याहार उपलब्ध हुन सक्छ। कृपया दर्ता गर्दा यो वा अन्य कुनै सुविधाहरूको लागि अनुरोध गर्नुहोस्।

मिति र समयको लागि हाम्रो कार्यशालाहरू र कार्यक्रमहरू पृष्ठमा हेर्नुहोस्।

Nepali Resource Library
जानकारी र संसाधनहरू
loud speaker graphic
वकालत

तपाईंको बच्चाले आफ्नो स्कूल करियर भरि उसलाई आवश्यक पर्ने सहायता प्राप्त गर्छ भनेर सुनिश्चित गर्न तपाईंले गर्न सक्ने अति महत्वपूर्ण कुराहरू मध्ये आफ्नो बच्चाको शिक्षामा संलग्न हुनु पनि एक हो।

  • तपाईंको बच्चासँग नि:शुल्क र उपयुक्त सार्वजनिक स्कूल शिक्षा प्राप्त गर्ने अधिकार छ।
  • आफ्नो बच्चालाई विशेष सेवाहरू आवश्यक छ कि छैन भन्ने कुरा पत्ता लगाउने प्रक्रिया सहित, आफ्नो बच्चाको शिक्षासँग सम्बन्धित प्रत्येक निर्णयमा भाग लिने अधिकार तपाईंसँग छ।
  • तपाईंले आफूलाई आफ्नो बच्चाका अधिकारहरूसँग परिचित गराउनुपर्छ। यी अधिकारहरू अपाङ्गता शिक्षा ऐन (Individuals with Disabilities Education Act – IDEA) अन्तर्गत संघीय सरकारद्वारा अनिवार्य गरिएका छन्।
  • तपाईं आफ्नो बच्चालाई राम्ररी बुझ्नुहुन्छ, र तपाईंको सहयोग प्रत्येक अवसरहरूमा विशेष हुनुपर्छ।

वकालतको बारेमा थप जानकारीका लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।

hand using mobile phone symbol
सहायक प्रविधि

सहायक प्रविधि (Assistive technology -AT) यन्त्र भनेको व्यावसायिक रूपमा स्टक वस्तुबाट प्राप्त गरिएको, परिमार्जन गरिएको, वा अनुकूलन गरिएको कुनैपनि वस्तु, उपकरण वा सफ्टवेयरको अंश हो, जसलाई अपाङ्गता भएको विद्यार्थीका कार्यात्मक क्षमताहरू बढाउन, कायम राख्न वा सुधार गर्न प्रयोग गरिन्छ। AT सेवा भनेको कुनै एउटा सेवा हो जसले अपाङ्गता भएको विद्यार्थीलाई सहायक प्रविधि यन्त्र चयन गर्न, खरीद गर्न वा प्रयोग गर्न प्रत्यक्ष रूपमा मद्दत गर्दछ। AT सेवा अन्तर्गत आवश्यकताहरूको मूल्याङ्कन, अन्य उपचारहरू तथा सेवाहरूसँगको समन्वय, AT यन्त्रहरूको चयन तथा खरिद, र विद्यार्थी र/वा आवश्यक भएमा विद्यार्थीको परिवारका लागि तालिम जस्ता कुराहरू पर्दछन्।

puzzle pieces symbol
स्वलीनता

स्वलीनता के हो? स्वलीनता मस्तिष्क विकासको जटिल विकारहरूको समूहको लागि एउटा साधारण शब्दावली हो। स्वलीनतालाई बौद्धिक अपाङ्गता, मोटर समन्वय र ध्यानमा कठिनाई र निन्द्रा र तथा पेटका समस्याहरू जस्ता शारीरिक स्वास्थ्य समस्याहरूसँग जोडेर हेर्न सकिन्छ।

स्वलीनताको बारेमा थप जानकारीका लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।

behavior symbol
व्यवहार

व्यवहार भनेको विभिन्न परिस्थितिहरू र/वा वातावरणमा हामीले प्रतिक्रिया स्वरूप कार्य गर्ने तरिका हो।  सबै व्यवहारहरूको एउटा कारण हुन्छ र बालबालिकाहरू केहीकुरा व्यक्त गर्न व्यवहारहरूको प्रयोग गर्दछन्।  आमाबुवा भएको नाताले हामी वास्तवमै के भइरहेको छ भन्ने कुरा थाहा पाउन व्यवहारलाई निरीक्षण गर्न सक्छौं।

चूनौतीपूर्ण व्यवहारहरू भएको बच्चालाई सहयोग गर्ने साधारण तरिकाहरूमा प्रभावकारी निर्देशनहरू, रणनीतिहरूको संशोधन र समय सीमा जस्ता कुराहरू पर्दछन्।

व्यावहारको बारेमा थप जानकारीको लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।

no bullying symbol
बदामाशी

बदमाशी भनेको एउटा आक्रामक व्यवहार हो जुन हानी पुर्‍याउन प्रयोग गरिन्छ र सामान्यतया बारम्बार हुने गर्दछ। नकारात्मक व्यवहार दोहोर्‍याउने एक वा बढी बच्चाद्वारा कुनै समय अवधिमा कुनै एउटा बच्चा रोजिन्छ। कष्ट दिन वा चोट पुर्‍याउन यी जानीजानी गरिएका प्रयासहरू हुन् र यसमा गाली-गलौच, नक्कल गर्नु, अश्लील इशारा गर्नु, पीडादायी छेडछाड गर्नु, बाहिर एक्लै छोड्नु, धम्कीहरू, हल्लाहरू, शारीरिमा हिर्काउनु, खुट्टाले हान्नु, धकेल्नु, र घाटी दबाउनु, आदि पर्दछन्। साइबर-बदमाशी पनि आजको वास्तविक र बढ्दै गइरहेको समस्या हो।

बदमाशीको बारेमा थप जानकारीका लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।

gears in head graphic
विकासात्मक अपाङ्गताहरू

विकासात्मक अपाङ्गताहरू (Developmental disabilities (DD)) विशेष विकार हो जुन बच्चाको जन्म हुनुभन्दा पहिलेदेखि 22 वर्षको उमेरसम्म कुनैपनि समयमा हुनसक्छ। विकासात्मक अपाङ्गताका विभिन्न स्वरूपहरू हुन सक्छन्। विकासात्मक अपाङ्गता अवस्थाले बच्चाको विकासलाई शुरूवात देखि नै एकदमै सुस्त पार्न सक्छ, वा शारीरिक कठिनाईहरू तथा अड्चनहरू हुन सक्छन्, वा सामान्य रूपमा भन्दा अन्य बच्चाहरू सरह सिक्न र बढ्नमा समस्या हुन सक्छ। कहिलेकाहीं एउटै व्यक्तिमा एकभन्दा बढी समस्या वा अपाङ्गता हुने गर्दछ।

विकासात्मक अपाङ्गताहरू, लगायत बौद्धिक अपाङ्गता, स्वलीनता, मस्तिष्क पक्षघात, छारे रोग, पारिवारिक दु:स्वायत्तता र न्यूरोलोजिकल दुर्बलता (चोट, कुरूपता, वा केन्द्रिय स्नायु प्रणालीमा समावेश भएको रोग) भएका 126,000 भन्दा बढी न्यूयोर्क वासिन्दाहरूका लागि सेवाहरूको समन्वय गर्ने कार्यको लागि विकासात्मक अपाङ्गता भएका मानिसहरूको न्यू योर्क राज्य कार्यालय (Office for People With Developmental Disabilities – OPWDD) जिम्मेवार छ।

disability symbol
विशेष अपाङ्गताहरू

एक अर्ब भन्दा बढी मानिसहरू कुनै न कुनै खालको अपाङ्गतामा बाँचिरहेका हुन्छन्। शिशुहरू, बच्चाहरू, बालबालिका र युवामा हुने विभिन्न खालका अपाङ्गताहरू बारेका जानकारीहरू जटिल हुन सक्छन्। हामी बालबालिकामा हुनै अपाङ्गताहरूको पूर्ण स्पेक्ट्रम, लगायत विकासात्मक ढिलाइहरू, सिकाई अपाङ्गताहरू तथा विकारहरूको बारेमा जानकारी प्रदान गर्दछौं। यद्यपि यो सबै अपाङ्गताहरूको समग्र सूची नभए पनि, हामी सबैभन्दा आम अपाङ्गताहरू मध्ये केहीको बारेमा प्रकाश पार्न चाहन्छौं।

विशेष अपाङ्गताहरूको बारेमा थप जानकारीका लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।

two plus two
सिकाई अपाङ्गताहरू

यदि तपाईंको बच्चा स्कूलमा संघर्ष गरिरहेको छ र किन भन्ने बारे तपाईंलाई यकिन थाहा छैन भने, सिकाई अपाङ्गता एउटा कारण हुनसक्छ। तपाईंले आफ्नो बच्चाबाट गरेको अपेक्षा र उसले वास्तवमा गर्न सक्ने कुराको बीचको अन्तरको रूपमा यसलाई लिनुहोस्। कहिलेकाहीं अदृश्य अपाङ्गता भनेर चिनिने, सिकाई अपाङ्गताले व्यक्तिको मस्तिष्कले गर्ने कार्य – पठन, लेखन र हिसाब गर्ने जस्ता क्षेत्रहरूमा यसले सूचनाहरूलाई जसरी प्रसोधन गर्छ त्यसलाई असर गर्दछ।

सिकाई अपाङ्गताहरूको बारेमा थप जानकारीका लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।

mental health
मानसिक स्वास्थ्य

मानसिक रोग एउटा चिकित्सा अवस्था हो जसले मानिसको सोचाई, भावना, मानसिकता, अरूसँग सम्बन्ध राख्ने क्षमता र दैनिक कार्यमा परिवर्तन ल्याउन सक्छ।  व्यक्ति जीवनका सामन्य मागहरू पूरा गर्न सक्षम नहुन सक्छ। सबै उमेर, जाति, धर्म र आय स्तरका व्यक्तिहरू यसबाट प्रभावित हुन सक्छन्। यसका थुप्रै लक्षणहरू हुन्छन् जसमा डिप्रेशन, चिन्ता, विचार र बाध्यताको दुश्चक्र (OCD), द्विध्रूवी विकार, पीडा-पश्चात तनाव विकार (PTSD) पर्दछन्।  तपाईंको बच्चाले भोगिरहेको हुनसक्ने खतराका संकेतहरूको बारेमा सचेत रहनु जरूरी छ। यदि तपाईंको बच्चाले केही गुमाएको, जीवनमा ठूलो परिवर्तनहरू आएको तथा कुनै घटना घटेको अनुभव गरिरहेको छ भने त्यस्ता व्यवहारहरूमा विशेष रूपमा ध्यान दिनुहोस्।

मानसिक स्वास्थ्यको बारेमा थप जानकारीका लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।

looking at brain symbol
न्यूरोलोजिकल विकारहरू

न्यूरोलोजिकल विकार भनेको शरीरको स्नायु प्रणालीको कुनैपनि किसिमको विकार हो। मस्तिष्क, मेरूदण्ड वा अन्य स्नायुहरूमा हुने संरचनात्मक, जीव रसायन वा विद्युतिय असामान्यताहरू लक्षणहरूको रूपमा देखिन सक्छन्। विश्व स्वास्थ्य संगठनले सन् 2006 मा न्यूरोलिजिकल विकारहरू र तिनीहरूको रोग-पश्चात आउने असामान्यता (प्रत्यक्ष परिणामहरू) बाट विश्वभरि करीब एक बिलियन भन्दा धेरै मानिसहरू प्रभावित रहेको अनुमान गरेको थियो।

open book
विशेष शिक्षा

के तपाईंको बच्चालाई सिकाईमा कुनै समस्या छ? के तपाईंको बच्चालाई स्कूलमा कठिनाईहरू भईरहेका छन् जसले उसको सिकाईमा बाधा पुर्‍याईरहेको छ? स्कूलका तपाईंको बच्चाको शिक्षक वा अन्य पेशेवरहरूसँग कुरा गर्नुहोस् जसले के सहायता आवश्यक छ भनि निर्णय गर्न सहयोग प्रदान गर्न सक्छन्। सबै कक्षाकोठा सहायताहरू प्रयोगमा ल्याइएको भए, अब विशेष शिक्षामा विचार गर्ने समय आएको हुनसक्छ।

यदि तपाईंको बच्चालाई स्कूलमा सफल हुन अतिरिक्त सहयोग चाहिन्छ तर विशेष शिक्षाको लागि योग्य हुँदैन भने तपाईं के गर्नुहुन्छ? 504 योजनाको बारेमा सोध्नुहोस्!  यस योजनाले तपाईंको बच्चालाई उसको शिक्षामा पूर्णतया सहभागी हुन आवश्यक पर्ने, सुविधाहरू र सेवाहरूको विकास गर्दछ।

विशेष शिक्षाको बारेमा थप जानकारीका लागि, हाम्रो विशेष शिक्षा, 504 योजनाIEP विकास तथ्य शिटहरू डाउनलोड गर्नुहोस्।

arrows going around symbol
परिवर्तन

विद्यार्थीहरू भिन्न परिवर्तनहरू हुदैं अगाडि बढ्छन जुन कहिलेकाहीँ तनावपूर्ण र डोर्‍याउन कठिन हुन्छन्।

प्रारम्भिक हस्तक्षेप देखि प्रिस्कूलसम्म परिवर्तन (उमेर 3)
लिङ्क: http://www.kaleidahealth.org/childrens/services/display.asp?s=681

प्रिस्कूल देखि स्कूलसम्म परिवर्तन (उमेर 5)
लिङ्क: http://www.kaleidahealth.org/childrens/services/display.asp?s=681

वयस्कताका लागि परिवर्तन (उमेर 14)

वयस्कताका लागि परिवर्तनले, अपाङ्ग विद्यार्थीहरूलाई स्कूल देखि स्कूल-पश्चातका गतिविधिहरू (जीवन निर्वाह गर्ने, सिक्ने, काम गर्ने र खेलका क्षेत्रहरू) मा बेरोकटोक शामिल हुन सहायता प्रदान गर्दछ। गतिविधिहरूले विद्यार्थीलाई निरन्तर शिक्षा (कलेज), व्यवसायिक प्रशिक्षण (व्यापार-व्यवसाय), रोजगार (सहायक/प्रतिस्पर्धी), वयस्क सेवाहरू (कार्यक्रमहरू), स्वतन्त्र जीवनयापन र समुदायमा सहभागी हुने सीपहरूको विकास गर्न मद्दत गर्दछन्। गतिविधिहरू विद्यार्थीका व्यक्त भावी लक्ष्यहरूमा आधरित हुन्छन् जसमा: ईच्छाहरू, मनपर्नेहरू, मन नपर्नेहरू र यी लक्ष्यहरू हासिल गर्नमा सफल हुनका लागि चाहिने आवश्यक सीपहरू जस्ता कुराहरू पर्दछन्।

परिवर्तनका बारेमा थप जानकारीका लागि, हाम्रो तथ्य शिट डाउनलोड गर्नुहोस्।